पूर्व मन्त्री तथा व्यापारी रुप ज्योति र छोरी सुरुचीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

 कात्तिक २२, २०७६ शुक्रबार २०:१९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ जिल्ला अदालतले व्यापारी एवं पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न अनुमति दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाण्डौलाई अनुमति दिइएको हो ।

उनीहरु शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुलाई हाउजिङका नाममा विभिन्न व्यक्तिसँग १ करोड ३६ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया