सरकारविरुद्ध सडकमै उत्रिने भयो कांग्रेस, यस्ता छन् आन्दोलनका कार्यक्रम

 साउन १, २०७५ मंगलबार १९:२:२९ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु संसदमा पेश गर्नुपर्ने मुख्य मागसहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

गोविन्द केसीको जीवन रक्षाका लागि समेत पहल गर्न तयार नभएपछि सरकारविरुद्ध सडक संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । मंगलबार बिहान बसेको पार्टीका पदाधिकारी बैठकले तय गरेको घोषित आन्दोलनको कार्यक्रम अनुसार श्रावण ३ गते प्रजातन्त्रवादी चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको अगुवाईमा काठमाडौंको माइतीघर मण्डलामा सरकार विरुद्ध विरोध प्रर्दशन गरिनेछ । 

त्यसैगरी साउन ५ गते नेपाल तरुण दलको अगुवाईमा माइतीघर मण्डलामा दिउँसो १ बजे विरोध प्रर्दशन गरिनेछ । साउन ८ गते काठमाडौं उपत्यकाका पार्टीका संगठनहरुको अगुवाईमा माइतीघर मण्डलामै दिउँसो १ बजे सरकारविरुद्ध प्रर्दशन गर्ने कार्यक्रम पनि घोषणा गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

सरकारले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको अध्यादेशको भावलाई तोडेर राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याएपछि सरकारविरुद्ध सडक संघर्षमा जाने निर्णय गरेको प्रवक्ता शर्माको तर्क छ । 

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो प्रधानमन्त्री केपी ओलीसँग भेटेर गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सचेत गराउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु नल्याए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी पनि दिनु भएको पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो ।

नेपाली कांग्रेसले सरकारले महंगी नियन्त्रण नगरेको, काठमाडौंको विभिन्न स्थानमा लोकतान्त्रिक मूल्य, मान्यता विपरीत निषेधित क्षेत्र तोक्ने निर्णय सच्याउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो भने उसका भातृ संगठनहरुले सरकारविरुद्ध सडक आन्दोलन गर्दै आएका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • िवनय

    July 18, 2018, 1:40 p.m.

    आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको अध्यादेशको भावलाई तोडेर राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याएपछि सरकारविरुद्ध सडक संघर्षमा जाने निर्णय गरेको कागेसले सरकारमा हुँदा डा‍ के‍े सी काे मागमा कीन माैन थीयाे । पटक पटक अनशन वसेका डा मागलाइ सम्वाेधन नगरेकाे हाे ।

  •  0 Reply
  • िवनय

    July 18, 2018, 1:40 p.m.

    आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको अध्यादेशको भावलाई तोडेर राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याएपछि सरकारविरुद्ध सडक संघर्षमा जाने निर्णय गरेको कागेसले सरकारमा हुँदा डा‍ के‍े सी काे मागमा कीन माैन थीयाे । पटक पटक अनशन वसेका डा मागलाइ सम्वाेधन नगरेकाे हाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया