बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिक

 कात्तिक २४, २०७६ आइतबार ६:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

लियोनल मेस्सीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि ४–१ को जित निकालेको छ ।

क्याम्प नोउमा भएको खेलमा मेस्सीले दुई वटा उत्कृष्ट फ्रीकिक र एउटा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । २३ औं मिनेटमा जुनियर फिर्पोले प्रहार गरेको बल सेल्टाका डिफेन्डर जोसेफ आइडोको हातमा लागेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । 

मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४२ औं मिनेटमा सेल्टाका लुकास ओलाजाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसको चार मिनेपछि मेस्सीले फ्रीकिकबाट गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । ४८औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले अग्रता ३–१ मा लम्ब्यायो ।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा सर्जियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले रियल मड्रिडलाई पछाडि धकेल्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि रियलले एइबारलाई ४–० ले हराएको थियो ।

दुवै टिमको २५ अंक छ । रियल मड्रिडभन्दा बार्सिलोना दुई गोलले अघि छ ।
 

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया