कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा हराएको नेपालले आज भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३-० कै सेटमा पाखा लागायो ।
नेपालले पहिलो सेटमा २५-१५ , दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-२० ले किर्गिस्तानलाई पराजित गरेको हो । आइतबार नेपालले पहिलो खेलमा अफगानिस्तानमाथि ३-० को सेटमा सहज जित हात पारेको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता न्तर्गत भोलि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।