बाँकेमा पाटेबाघको आक्रमणबाट महिलाको ज्यान गयो

 कात्तिक २६, २०७६ मंगलबार १८:२३:३७ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके - बाँकेको राप्ती–सोनारी गाउँपालिकामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

 राप्ती–सोनारी-८ मा रहेकाे शिवशक्ति सामुदायिक वनको जंगलमा पर्ने डप्का खोलामा मंगलबार बिहान घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको पाटे बाघको आक्रमणबाट ज्यान गएको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीले जानकारी दिनुभयो ।

यसअघि आइतबार पनि बाँकेको कोहलपुर नगरपालिका १३ खर्कबार नयाँबस्तीका ७५ वर्षीया काली बस्नेतको जंगलमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परि मृत्यु भएको थियो ।

बस्नेत बिहान मनकामना मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला पाटेबाघले आक्रमण हो । अघिल्लाे वर्षको तथ्याङ्क अनुसार निकुञ्जमा २१ पाटेबाघ रहेका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया