उपचुनाव : धरानकाे मेयरका लागि नेकपाबाट प्रकाश राई र कांग्रेसबाट तिलक राईकाे उम्मेदवारी

 कात्तिक २७, २०७६ बुधबार २०:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी -  धरान उपमहानगरपालिकाको मेयर पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित नेकपा तथा नेपाली कांग्रेससहितका विभिन्न दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यही मंसिर १४ गते हुने उपचुनावमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी मेयर पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यसैगरी वडा नम्बर ७ को अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । 

गएको चुनावमा धरान उपमहानरपालिकामा मेयर पदमा तत्कालीन नेकपा एमालेका तर्फबाट तारा सुब्बा विजयी हुनु भएको थियो । काठमाण्डौमा उपचारका क्रममा उहाँको निधन भएपछि मेयर पद खाली भएको थियो ।

त्यस्तै वडा नम्बर ७ मा नेकपा एमालेकै तर्फबाट भुवनसिंह मोक्तान विजयी हुनु भएको थियो । उहाँको पनि बिरामी भएका कारण निधन भएपछि वडाध्यक्ष पद खालि भएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया