आईएमई डबर अफरको सातौँ विजेता इन्द्रराज शेरचन

 कात्तिक २८, २०७६ बिहिबार ७:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको ‘डबलको डबलको डबल अफर’ अन्तर्गत सातौँ हप्ताको विजेता घोषित हुनुभएको छ । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित हुनुभएको हो ।

सेवाग्राही शेरचनले यूकेबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउनु भएको थियो । उहाँले यूकेमा रहेको रिया मनि ट्रान्स्सफर मार्फत ५० हजार एक सय ३७ रुपैयाँ नेपालमा पैसा पठाउनु भएको थियो । जसको दुई गुणा हुन आउने रकम एक लाख दुई सय ७४ जित्न सफल हुनुभएको हो ।

पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उहाँका आफन्त चेलीमाया गौचनले ग्रहण गर्नुभएको हो । आइएमईले पर्व लक्षित दसैँमा ‘डबलको डबलको डबल’ अफर सार्वजनिक गरेको छ । यो अफर २०७६ साल भदौ १५ गतेदेखि कात्तिक मसान्त (सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन ‘आइएमई पे’मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया