धादिङमा भूकम्पको धक्का

 साउन २, २०७५ बुधबार ८:३४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । राती १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

ठूलो भूकम्पपछि साना परकम्प धेरै समयसम्म आइरहने भएकाले आत्तिनु नपर्ने उहाँको भनाई छ ।   

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया