जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सचेत हुनुहोस् !

 साउन २, २०७५ बुधबार ८:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने १० हजार भन्दा धेरै पैदल यात्रुलाई सचेत गराइएको छ ।  

दुर्घटना कम गर्न सुरु गरिएको सचेतना अभियानमा तीन दिनमा १० हजार भन्दा धेरै जनालाई जथाभावी बाटो नकाट्न सम्झाई बुझाई गराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार मंगलबार ३ हजार १३ जनालाई सचेत गराइएको छ । यस्तै सोमबार ३ हजार ५ सय १३ जना र आइतबार ३ हजार ९ सय ८१ जना पैदल यात्रुलाई सचेत गराइएको थियो । 
 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया