निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष हुने

 कात्तिक २८, २०७६ बिहिबार १५:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्‍याउने निर्णय गरेको हो ।

निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारीसरह नै ६० वर्ष पुर्‍याउने निर्णय गरिएको समितिका उपसचिव सञ्जय दाहालले जानकारी दिनुभयो । तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पुर्‍याइनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पुर्‍याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताउनुभयो ।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो । बैठकले कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढी नम्बर दिने सहमति पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया