फेडेरर एटीपी फाइनल्सको सेमिफाइनलमा

 कात्तिक २९, २०७६ शुक्रबार ७:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

नोभाक जोकोभिचलाई हराउँदै रोजर फेडेरर एटीपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वीस खेलाडी फेडेररले जोकोभिचलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए  ।

खेलमा आफ्नो पकड बनाएका ६ पटकका च्याम्पियन फेडेररले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा हराए । 

जितपछि फेडेररले धेरै खुसी भएको प्रतिक्रिया दिए । उनले भने,‘खेलको योजना सफल भयो । नोभाकविरुद्ध उत्कृष्ट सर्भिस गरेँ, उत्कृष्ट प्रदर्शन गरेँ ।’

लण्डनको ओ २ एरेनामा भएको खेलमा जोकोभिच पराजित भएपछि यो सिजनको अन्तिमसम्म टेनिस वरीयता क्रमको शीर्ष स्थानमा राफेल नाडाल रहने पक्का भएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया