बीस लाख पर्यटक भित्र्याउने गरी अभियान चलाइँदैछ: मन्त्री भट्टराई

 कात्तिक ३०, २०७६ शनिबार १८:४५:५७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नेपाल भ्रमण  वर्ष २०२० मा बीस लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बताउनुभएको छ ।

भ्रमण वर्ष आउन डेढ महिना बाँकी रहेको भन्दै सरकार यस्ता अभियानहरु अगाडि बढाएको मन्त्री भट्टराईकाे भनाइ थियाे ।

नवलपरासी पूर्व नवलपुरको कावसोती नगरपालिका –१५, मा तराई भू परिधि (ताल) परियोजना र कावासोती नगरपालिकाले निर्माण गरेको  मुसहर सुरक्षित आवास कार्यक्रमका घर हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले हाल नेपालमा  करिब १३ लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक रहेको बताउनुभयो ।

‘अहिले बाह्र, तेह्र लाख पर्यटक भित्रिएको तथ्यांक छ, २०२० मा बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने गरी अभियान अघि बढदैछन्’, मन्त्री भट्टराईले भन्नुभयो, ‘यसै अनुसार घरबासहरुको स्तर वृद्धि गर्न अनुरोध गर्दछु ।’

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले यस क्षेत्रमा विदेशी पर्यटकको आगमन बढाउने भन्दै सोही अनुसारका संरचनाहरु समेत निर्माण गर्नकालागि अनुरोध गर्नुभयो । 

तराई भू–परिधि कार्यक्रमको सहयोगमा कावासोती–१५ ,मा सुरक्षित आवास कार्यक्रम अन्तर्गत २२ र कावासोती नगरपालिकाले १४ घर निर्माण गरिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया