इलाममा बस दुर्घटना, ११ जना घाइते

 कात्तिक ३०, २०७६ शनिबार २०:३४:१८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङमा शनिबार भएको बस दुर्घटनामा १० जना घाइते भएका छन् ।

को १ ख ५३३८ नम्बरको बस रोङ्ग गाउँपालिका-३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घटनामा परेको हो । माेरङकाे उर्लाबारीबाट तिहारमा देउसी भैलो खेलेकाे समूह  चढेकाे बस इलामको कन्याममा वनभोज खाएर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

दुर्घटनामा सुरज पमु, निर्मल बराल, सन्तबहादुर लिम्बू लगायत १० जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि झापा पठाइएको प्रहरी चौकी किटेनिका प्रहरी नायब निरीक्षक भोजकुमार रञ्जितकारले बताउनुभयाे ।

घाइतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया