बलात्कारको आरोपमा एक युवक पक्राउ

 साउन २, २०७५ बुधबार १०:१२:४७ | उज्यालो सहकर्मी

खोटाङ –  किशोरी बलात्कार आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३६ वर्षीय तेजबहादुर भट्टराई पक्राउ परेका छन् । 

गएको असार २७ गते शारीरिक रुपमा अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी लोकदर्शन थापाले बताउनुभयो ।

१० वर्षीय बालकले देखेपछि घटना बाहिर आएको हो । बोल्न नसक्ने, कान नसुन्ने र हिँडडुल गर्न नसक्ने किशोरीमाथि भएको यौन दुव्र्यवहारका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया