आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द
मंसिर २७, २०७६ शुक्रबार
दाङ – प्रहरीले पश्चिम दाङबाट प्रतिबन्धित विप्लव माओवादीका एक जना कार्यकर्ता पक्राउ गरेको छ ।
दाङको बबई गाउँपालिका –५ ट्वाङखोलाबाट प्रदेश ३– ०२००७ प १२०४ नम्बरको मोटरसाइकलसहित लुकीछिपि हिँडिरहेको अवस्थामा विप्लव समूहका एरिया इञ्चार्ज ३२ वर्षीय निमबहादुर डाँगी ‘रक्तिम’ पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित पक्राउ परेका डाँगीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।