कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

 साउन २, २०७५ बुधबार १२:२९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई विजयको लागि बधाई दिएको छ । कतार एयरवेजको च्यानलमार्फत २५ करोडभन्दा बढी भ्यूजसहित विश्वभर यस प्रतियोगिताका २ अरब भन्दा बढी दर्शकहरु रहेका थिए । कतार एयरवेज सफलतापूर्वक यस संस्करणको विश्वकपको आयोजनामा साथ दिँदै अब २०२२ मा कतारमा हुने प्रतियोगिताको लागि तयारीमा केन्द्रित भएको छ ।

फुटबल प्रशंसकहरुलाई एकजुट गर्न सफल २०१८ फिफा विश्वकप एक रोमाञ्चक प्रतियोगिता रह्यो र यस उत्सव मनाउने क्रममा कतार एयरवेजले प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप अनुसार एउटा बोइङ ७७७ विमान तयार गरेको थियो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भन्नुभयो “क्रोएसिया माथिको महत्वपूर्ण जितको लागि म सम्पूर्ण फ्रान्सको टिम तथा फ्रान्सेली नागरिकहरुलाई हार्दिक बधाई दिन चाहन्छु । फुटबल तथा खेलकूद प्रतिको माया र उत्साहको माध्यमले संसारलाई एकजुट गर्न सफल यस भव्य उत्सवमा सहभागि हुन पाउँदा हामी गौरवान्वित भएका छौँ ।”
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया