रोनाल्डोपछि  अब जिदान पनि युभेन्टसमा !

 साउन २, २०७५ बुधबार १२:४४:० | एजेन्सी
unn.prixa.net

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी ८८ मिलियन पाउण्डमा अनुबन्ध गरेको चर्चा सेलाउन नपाउँदै युभेन्टसको चर्चा फेरि बढेको छ । यसपटक खेलाडी अनुबन्धका कारण नभई प्रशिक्षक जिनेदिन जिदानलाई भित्र्याउने चर्चा चुलिएको छ । 

स्पेनिस पत्रिकाले जनाएअनुसार युभेन्टसले जिदानलाई टेक्निकल डाइरेक्टरकारुपमा भित्र्याउन लागेको बताएको छ । स्पेनिस पत्रिका लिबरटाड डिजिटलका अनुसार युभेन्टसले जिदानलाई प्रशिक्षक भन्दा पनि टिमको टेक्किनल स्टाफका रुपमा अनुबन्ध गर्न लागेको बताए । उनले फाबियो पाराटिसीसँग काम गर्नेछन ।

रोनाल्डोलाई औपचारिक रुपमा अनुबन्ध गरेको एकदिनपछि नै जिदानको नाम क्लबसँग जोडिएको छ । जिदानलाई क्लबले रोनाल्डोकै पहलमा ल्याउन लागेको पनि पत्रिकाले जनाएको छ । च्याम्पियन्स लिगको उपाधि क्लबलाई लगातार तेस्रो पटक दिलाएको केही दिनमा नै जिदानले रियल मड्रिड छाडेका थिए ।
 
गत मे महिनामा क्लबबाट राजिनामा दिएर सबैलाई आश्चर्यमा पारेका जिदान आफुले खेलेको क्लब युभेन्टसमा फर्किँदा फेरि आश्चार्यमा पार्नेछन ।  त्यो पत्रिकाका अनुसार जिदानले क्लबमा अक्टोबर महिनामा औपचारिक रुपमा अनुबन्ध गर्ने बताएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया