प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
जुम्ला – सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले वार्ताको नाममा झारा टार्ने काम गरेको बताउनु भएको छ ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको सुधारको माग गर्दै १९ दिनदेखि जुम्लामा अनसनरत डाक्टर गेविन्द केसीले वार्ताको नाममा सरकारले म्यान्डेटबिना कर्मचारी मात्र पठाएर झारा टार्ने काम गरेको बताउनुभएको हो ।
बुधबार एक विज्ञप्ति निकालेर डाक्टर केसीले सरकार गम्भीर नभएकाले नै अन्तर्वस्तुमा गएर सार्थक वार्ता सुरु हुन नसकेको बताउनुभयो ।
अहिलेकै अवस्थामा मागहरु सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नभएको डाक्टर केसीले स्पष्ट पार्नुभयो ।
वार्तालाई तार्किक निश्कर्षमा पुर्याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन पनि डाक्टर केसीले सरकारलाई आग्रह गर्नुभएको छ ।