धान : खलोदेखि आँगनसम्म

 मंसिर ४, २०७६ बुधबार १४:५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – बुङ्मतीकी चिनीमाया महर्जनलाई यतिबेला भ्याइनभ्याइ छ । खेतमा धान पाक्न थालेदेखि नै उहाँको चटारो बढेको हो । 

धान काट्नु, खलो बनाउनु, झार्नु, बोकेर ल्याउनु र आँगनमा सुकाउनु । खलोदेखि आँगनसम्म धेरै चरण पार गरेपछि मात्र धानलाई भकारीमा भण्डारण गरिन्छ ।
चिनीमायाले घर अघिल्तिर धान बत्ताइरहँदा बुङमतीकै हरिकृष्ण महर्जन खेतमा धान झार्दै हुनुहुन्थ्यो ।

उहाँहरु मात्र होइन, अहिले बुङमतिसहित काठमाण्डौ उपत्यकाका फाँटहरुमा धमाधम धान काट्ने, झार्ने र घर अगाडि आँगन र चोकमा सुकाउने काम भैरहेको छ ।

गाउँमाजस्तो शहरमा फराकिलो आँगन र खाली ठाउँ धेरै हुँदैन । त्यसैले धेरै सडकको किनारा तथा मन्दिरको चोक र खाली ठाउँमा धान सुकाउने गर्छन् ।

तस्बिर : विकास लामा

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया