टी-१० लिग : मराठा अरेबियन्सविरुद्ध सन्दीपले लिए एक विकेट

 मंसिर ४, २०७६ बुधबार १८:२७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली बलर सन्दीप लामिछानेलेआबुधाबीमा जारी टी-१० लिगमा मराठा अरेबियन्सविरुद्ध एक विकेट लिएका छन् । उनले दुई ओभरमा २५ रन दिएर एक विकेट लिए ।

मराठा अरेबियन्सविरुद्धको खेलमा टस हारेर पहिले बलिङको निम्तो पाएको कर्नाटका टस्कर्सको पाँचौ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै छक्का खाएका थिए । दोस्रो बल डट फालेका सन्दीपलाई तेस्रो बलमा आडाम लेथले छक्का प्रहार गरे । त्यसपछि उनले बाँकी तीन बलमा दुई रन दिए ।

दोस्रो ओभरमा उनले ११ रन दिए । टिमको आठौं ओभर लिएर आएका सन्दीपले पहिलो बलमा एक रन दिएका थिए भने दोस्रो बलमा विकेट लिए । उनले एडमलाई ५० रनमा आउट गरे । त्यसपछि वाइड फालेका उनले तेस्रो र चौथो बलमा एक-एक रन दिए । पाचाैँ बलमा उनले छक्का खाए । त्यसपछि अन्तिम बलमा उनले एक रन दिए । यसरी उनले दुई ओभरमा २५ रन दिएर एक विकेट लिए ।

मराठा अरेबियन्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनायाे । मराठाका लागि क्रिस लिनले ६१ रन बनाए । त्यस्तै नजिबुल्लाह जदरानले ११ रन बनाए ।

केही बेरमा कर्नाटकाले जवाफी ब्याटिङ गर्दैछ । पानी परेर केही बेरदेखि खेल राेकिएकाे छ ।

जारी प्रतियोगितामा उनको यो चौथो विकेट हो । यसअघि उनले पहिलो खेलमा एक र दोस्रो खेलमा दुई विकेट लिएका थिए । तेस्रो खेलमा विकेटविहीन भएका सन्दिपले आज एक विकेट लिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया