योग्य हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको 'महान' कार्यले लज्जित भएका छौँ : नेता साह

 मंसिर ५, २०७६ बिहिबार १२:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनको कडा आलोचना गर्नु भएको छ ।

कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद् गठन भएको उहाँले आरोप लगाउनु भएको छ ।
मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिष्ट मूल्य मान्यता पनि लागू नभएको उहाँले बताउनु भएको छ । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले आफूहरु फेरि एक पटक आफूहरु लज्जित भएको उहाँले बताउनु भएको छ ।

हेर्नुहोस् प्रभु साहको फेसबुक स्टाटस

प्रधानमन्त्री ओलीले बुधबार बेलुकी मन्त्रिपरिषद् पुनर्गठन गर्दै हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने निर्णय गर्नुभएको हो ।

यस्तै, मोतिलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति, रामवीर मानन्धरलाई शहरी विकाश र नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले कानून मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रीका रुपमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्नुभएको छ । मन्त्रिपरिषद् पुनर्गठन हुँदा गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा मन्त्रीबाट तथा रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढा राज्यमन्त्रीबाट बाहिरिनुभएको छ ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया