नवनियुक्त कृषि मन्त्री भुसाल र निर्वतमान मन्त्री खनालबीच अङ्कमाल र हाँसोठट्टा !

 मंसिर ५, २०७६ बिहिबार १४:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कार्यभार सम्हाल्नु भएको छ ।

बिहीबार बिहान शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथग्रहण लिएसँगै उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नु भएको हो ।

उहाँलाई स्वागत गर्न मन्त्रालयमा कर्मचारी मन्त्री होइन, निवर्तमान कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ पनि पुग्नु भएको थियो ।

नवनियुक्त मन्त्री भुसाललाई स्वागत गर्दै निर्वतमान मन्त्री खनालले आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मन्त्रालयमा दुवैबीच केहीबेर हाँसोठट्टासमेत भएको थियो । मन्त्रालयका सफलता–असफलता के–के छन् भनेर मन्त्री भुसालले प्रश्न गर्दा खनालले भन्नुभयो, ‘तपाईँ मन्त्री बन्ने थाहा पाएको थिएँ नि, सहयोग गरिहाल्छु नि ।’

मन्त्री भुसाल तत्कालीन नेकपा एमालेबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनु भएको हो भने चक्रपाणी खनाल ‘बलदेव’ कपिलवस्तु क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित हुनु भएको थियो । 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया