बिहीबार आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

 साउन २, २०७५ बुधबार १५:७:५७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघले देशभरका स्वास्थ्यउ संस्था ठप्प पार्ने घोषणा गरेको हो । संघले सरकारी वार्ता टोलीले डाक्टर केसीसँग वार्ता गर्न भन्दा पनि डाक्टर केसीलाई काठमाडौं ल्याउने प्रयास भएको आशंका व्यक्त गरेको छ ।

चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने संघले चेतावी दिएको छ ।

१५ औं अनशनको रुपमा डाक्टर केसी १९ दिनदेखि जुम्लामा अनसनरत हुनुहुन्छ । सरकारले डाक्टर केसीसँग वार्ता गर्नका लागि वार्ता टोली बनाएर वार्ता थाले पनि वार्ता निष्कर्षमा पुगेको छैन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • कैलाशकुमार सिवाकोटी

    July 18, 2018, 3:52 p.m.

    लाटो विचार प्रिय चिकित्सक संघ र हड्तालमा संलग्नताको लागि तयारी हुन लाग्नुभएका सम्माननीय भगवानज्यूहरु ! मुरीमुरी बधाइ छ, साथै हार्दिक शुभकामना पनि ! चिकित्सक संघको नेतृत्वमा अस्पतालमा बन्दहड्तालजस्तो महान् अभियान आयोजना गर्नुभएकोमा ! मलाई पुरापुर विश्वास छ-यस पून्य र महान् कामबाट हामी र्सार्वभौमसत्ता सम्पन्न नागरिकले सहज मृत्युवरण गर्ने अवसर प्राप्त गर्नेछौँ । यी र यस्ता कार्यले निरन्तरता पाइरहुन्, भावी सन्ततिले पनि मर्न पाउने अधिकारबाट वञ्चित हुनुनपरोस् । सकेसम्म बढीलाई मर्ने अवसर प्राप्त होस् । यस पुनित कार्यलाई अहिलेको मात्र होइन, भावी पुस्ताले पनि स्मरण गर्नेछ । मृत्युको स्वाद चाख्न पाउने यति स्वर्मिण अवसर पुनः यस पटक पनि उपलब्ध गराइदिनुभएकोमा पुनः एक पटक पनि भगवानको संगठन र त्यसकार् इश्वरहरूलाई शुभकामना र बधाइ !

  •  0 Reply

तपाईको प्रतिक्रिया