जीप पल्टिँदा ४ जनाको मृत्यु

 साउन २, २०७५ बुधबार १५:४०:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुम (पूर्व) - सिस्ने गाउँपालिका ५ मा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जादै गरेको लु १ज २५७३ नम्बरको जीप धारपानीमा पल्टिएको हो । मृतकको पहिचान हुन सकेको छैन् । 

दुर्घटनामा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाईतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउने काम भैरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । 

घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ । जिप सडकबाट तल खसेको छ । वर्षाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया