बँदेल मारेको आरोपमा भारतीय नागरिक पक्राउ

 साउन २, २०७५ बुधबार १६:०:३९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – जंगली जनावर बँदेल मारेको आरोपमा ्रहरीले उकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको जुगियावारी, महाराजगंज जिल्ला उत्तर प्रदेशका २० वर्षीय राजकुमार बञ्जारालाई प्रहरीले पक्राउ गरी वन्यजन्तु शिकार र ओसारपोसारको आरोपमा जिल्ला वन कार्यालयले मुद्धा चलाएको छ । जंगली जनावर बँदेलको शिकार गरेको आरोपमा भारतको जुगियावारी, महाराजगंज जिल्ला उत्तर प्रदेशका २० वर्षीय राजकुमार बँजारा उपर वन कार्यालयले मुद्धा प्रक्रिया अघि बढाएको जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिनुभयो । 

भारतबाट नेपालतर्फ बँदेल मारेर ल्याउदै गर्दा कृष्णनगर सीमा नाकाबाट बञ्जारालाई सशस्त्र प्रहरीको चेकजाँच टोलीले पक्राउ गरिएको थियो । पक्राउ परेका बञ्जारा उपर राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार अनुसन्धान प्रक्रिया अघि बढेको सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया