बालगोपालको मूर्तिसहित दुईजना पक्राउ

 साउन २, २०७५ बुधबार १६:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – सय वर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मूर्तिसहित दुईजना पक्राउ परेका छन् ।

मंगलबार महानगरीय अपराध महाशाखा टेकुको टोलीले विशेष सूचनाको आधारमा मूर्तिसहित दुईजनालाई पक्राउ गरेको हो । पाल्पा छहरा गाउँपालिकाका २७ वर्षका दोलखबहादुर सोमाई पक्राउ गरेको हो । उनले बालगोपालको मूर्ति काभ्रे तेमाल गाउँपालिकाका २७ वर्षीय दीपक मैनालीलाई मूर्ति बेच्न दिएको प्रहरीले जनाएको छ ।

मैनालीलाई पनि प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया