टाेटनह्याममा माैरिन्हाेकाे परीक्षा आज !

 मंसिर ७, २०७६ शनिबार ९:५२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

हाेजे माैरिन्होले प्रशिक्षण सम्हालेपछि टोटनह्यामले आज पहिलो खेल खेल्दैछ । खेल वेस्टह्यामको मैदानमा नेपाली समयअनुसार बेलुका ६ः१५ बजे हुुनेछ ।

गत जनवरी १९ मा फुलह्यामको मैदानमा घरेलु टिमलाई २–१ ले हराएपछि टोटनह्यामले प्रिमियर लिगको अवे खेल जित्न सकेको छैन । अन्तिम पटक अवे खेल जितेको ११ महिना र चार दिन भएको छ ।

लगातार खराब प्रदर्शन गरेपछि टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै खाली बसेका माैरिन्होलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको थियो । जसले चेल्सी, इन्टरमिलान, रियल मड्रिड, युनाइटेड जस्ता ठूला क्लबहरुमा ट्रफी जितिसकेका छन् ।

लिग टेबलको मध्यतिरै रहने टोटनह्यामले पछिल्ले एक दशकमा जम्मा एउटा उपाधि जित्यो । गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्याम प्रिमियर लिगमा चौथो भएको थियो । क्लबले मात्र होइन, समर्थकले पनि टिमलाई प्रिमियर लिगको उपाधि जिताउन सक्ने प्रशिक्षक खोजिरहेको अवस्थामा माैरिन्होको नियुक्ति भएको हो ।

हाल प्रिमियर लिगको छैटौं स्थानमा रहेको वेष्टह्यामविरुद्ध जित निकाल्नका लागि टोटनह्यामलाई त्यति असहज नहोला ।

किनभने वेष्टह्याम जानुअघिसम्म मोरिन्होको मुख्य लाइनअफ पूर्ण रुपमा फिटमा छन् । केवल मोरिन्होको ट्याक्टिसमा नतिजा भर पर्नेछ ।

वेष्टह्यामको अन्डरडग टिम हो । मानुयल पेलेग्रिनीको प्रशिक्षणमा रहेको वेष्टह्यामले गत सिजन मोरिन्हो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक हुँदा ३–१ ले हराएको थियो ।

तर, पछिल्लो सात खेलमा वेष्टह्यामले जित निकाल्न सकेको छैन । उसले दुई बराबरी र पाँच हारको नतिजा निकालेको छ । यही प्रदर्शन कायम रहेमा पेलेग्रिनीको जागिर पनि संकटमा पर्नेछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया