अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट: पाकिस्तान दबाबमा

 मंसिर ७, २०७६ शनिबार १७:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान दबाबमा आएको छ ।

तेस्रो दिनको खेल सकिँदासम्म पाकिस्तान अस्ट्रेलियाले पहिलो पारीमा बनाएको ५८० रन बराबरी गर्न प्रयासरत छ । पाकिस्तानलाई पहिलो पारीमा २४० रनमा रोक्दै ब्याटिङ गरेकाे अस्ट्रेलियाले ५८० रन बनाएको थियो ।

पहिलो पारीका आधारमा ३४० रनले पछि परेको पाकिस्तानले दोस्रो पारीमा तेस्रो दिनको खेल सकिँदासम्म ३ विकेट गुमाएर ६४ रन बनाएको छ । पाकिस्तानलाई स्कोर बराबरी गर्न अझै २७६ रन आवश्यक छ भने उसका सात विकेट बाँकी छन् ।

क्रिजमा सान मसुद २७ तथा बाबर आजम २० रन बनाएर टिकेका छन् । आइतबार उनीहरुले चौथो दिनको खेल अघि बढाउने छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया