इंग्ल्याण्डविरुद्धको टेस्ट: न्यूजिल्याण्डले उत्कृष्ट ‘कमब्याक’

 मंसिर ७, २०७६ शनिबार १८:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डविरुद्धको टेस्टमा न्यूजिल्याण्डले उत्कृष्ट कमब्याक गरेको छ ।

इंग्ल्याण्डलाई ३५३ रनमा अल आउट गर्दै पहिलो पारी सुरु गरेको न्यूजिल्याण्डको सुरुआत भने राम्रो थिएन । तर ब्रेड्ली जोन वल्टिङ र कोलिन डी ग्राण्डहोमले ११९ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले कम्ब्याक गरेको हो । ब्राड्ली वाट्लिङ ११९ रनमा र मिचेल सान्टनर ३१ रन बनाएर क्रिजमा डटेका छन् ।

यसअघि केन विलियम्सन ५१ तथा हेनरी निकाेल्स ४१ रनमा पेभेलियन फर्किए । इंग्ल्याण्डका बेन स्टोक्स र साम कर्रनले दुई-दुई विकेट लिएका छन् । इंग्ल्याण्डका लागि पहिलो पारीमा बेन स्टोक्सले सर्वाधिक ९१ रन बनाउँदा रोरी बर्न्सले ५२ रनको योगदान गरेका थिए ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया