टी-१० लिग: कलन्दर्सलाई हराउँदै मराठा अरेबियन्स फाइनलमा

 मंसिर ७, २०७६ शनिबार २०:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी-१० लिग क्रिकेटमा मराठा अरेबियन्स फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वालिफायरमा कलन्दर्सलाई ७ रनले पराजित गर्दै मराठाले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब कलन्दर्सले दोस्रो क्वालिफायरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

दोस्रो क्वालिफायरमा बांग्ला टाइगर्स र डेक्कन ग्लाडियटर्स भिड्दैछन् । फाइनलमा स्थान बनाउने क्रममा मराठाले दिएको १२० रनको लक्ष्य पछ्याएको कलन्दर्स निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ११२ रनमा रोकिएको थियो । कलन्दर्सका लागि लाउरी इभानले नट आउट ३५ तथा फिल साल्टले २६ रनको योगदान दिँदा पनि हार भने टार्न सकेनन् ।

मराठाका लागि सिरज अहमद, ड्वेन ब्राभो र मिचेल म्याकलेनागनले एक-एक विकेट लिए । पहिला ब्याटिङ गर्दै मराठाले ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । मराठाका लागि क्रिस लिनले ६७ तथा एडम लिथले २८ रन बनाएका थिए ।

बलिङतर्फ कलन्दर्सका जोर्डन क्लार्कले ४ विकेट लिएका थिए ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया