ला लिगा फुटबल : एथ्लेटिक बिलबाओ क्लब विजयी

 मंसिर ९, २०७६ सोमबार ६:५३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ क्लब विजयी भएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

विकी विलियम्सले २१ औं मिनेटमा गोल गर्दै एथ्लेटिकलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको ओसासुनाले ७६ औं मिनेटमा बराबरी गोल गरेको थियो । उसका लागि इजिक्विल एभिल्लाले गोल गरेका थिए । 

७९ औं मिनेटमा एथ्लेटिकका लागि कोनन कोद्रोले गोल गरेपछि ला लिगामा स्पष्ट तीन अंक लिन सफल भयो । जितसँगै एथ्लेटिक क्लब २३ अंकसहित पाँचौं स्थानमा छ भने पराजित भएको ओसासुना १९ अंकसहित १२ औं स्थानमा छ ।

यस्तै, इस्पानियोल र गेटाफे भने एक एक गोलको बराबरी खेलेका छन् । तेस्रो मिनेटमै माटाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लु विइले गोल गर्दै इस्पानियोललाई बराबरीमा ल्याएका थिए । 

त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंक लिन बाध्य बने । गेटाफे २१ अंकसहित सातौं स्थानमा छ भने इस्पानियोल ९ अंकसहित रेलिगेशन जोनमा छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया