यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

 मंसिर १०, २०७६ मंगलबार ८:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मंगलबार देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

आउँदो २४ घण्टामा  हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १० गते मंगलबार

दिउँसो : देशैभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूर–पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूर–पश्चिमी पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मंसिर ११ गते बुधबार

दिउँसो : देशको पश्चिमी भू–भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति : देशको पश्चिमी भू–भागमा सामान्य बदली रही मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मंसिर १२ गते बिहीबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया