हुम्ला टिप्पर दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

 मंसिर १२, २०७६ बिहिबार ७:५४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–७ नाग्मामा टिप्पर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भएका सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको उपचारका क्रममा जिल्ला अस्पताल हुम्लामा ज्यान गएको प्रहरीले जनाएको छ । 

खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकाम सिमकोटका लागि छुटेको लु ४ ख ३२६९ नम्बरको टिप्पर दुर्घटना हुँदा नाम्खा गाउँपालिका –१ हेक्पा गाउँका नरी लामा, छिरिङ तार्मा लामा र खार्पुनाथ –१ प्यूस गाउँका बर्बजंग शाहीको ज्यान गएको थियो । 

घाइते ११ जनाको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया