महोत्तरीमा नेकपा उम्मेदवारको घरमा बम विस्फोट

 मंसिर १२, २०७६ बिहिबार १९:४९:४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – उपचुनावको मुखैमा आएर महोत्तरीको पिपरा गाँउपालिकामा एक जना उम्मेदवारको घरमा बम विस्फोट भएको छ । 

पिपरा गाँउपालिकाको लागि हुने उपनिर्वाचनमा अध्यक्षको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो ।

विस्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ । ठूलो आवाजसहित बम विस्फोट भए पनि कुनै किसिमको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उपचुनावको तयारीको लागि स्थलगत अनुगमन गर्न गएको समयमा बम विस्फोट भएको प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यता महोत्तरीको मटिहानी नगरपालिका १ र वलवा नगरपालिकामा हुन लागेको वडाध्यक्षको चुनावको वातावरण समान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले बताउनु भयो । 

महोत्तरी – उपचुनावको मुखैमा आएर महोत्तरीको पिपरा गाँउपालिकामा एक जना उम्मेदवारको घरमा बम विस्फोट भएको छ । 

पिपरा गाँउपालिकाको लागि हुने उपनिर्वाचनमा अध्यक्षको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो ।

विस्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ । ठूलो आवाजसहित बम विस्फोट भए पनि कुनै किसिमको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उपचुनावको तयारीको लागि स्थलगत अनुगमन गर्न गएको समयमा बम विस्फोट भएको प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यता महोत्तरीको मटिहानी नगरपालिका १ र वलवा नगरपालिकामा हुन लागेको वडाध्यक्षको चुनावको वातावरण समान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले बताउनु भयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया