डाेजरले खनेकाे हेर्न गएका बाल‍ककाे ढुंगाले लागेर ज्यान गयाे, अन्य २ जना घाइते

 मंसिर १२, २०७६ बिहिबार २०:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ - गाउँमा डोजरले बाटो खनेको हेर्न गएका एक बालकको माथिबाट खसेकाे ढुंगा लागेर ज्यान गएको छ ।

तनहुँको आँबुखैरेनी–५, लेस्थरबाट बरालूबेशी जोड्ने कच्ची सडक खन्ने क्रममा माथlबाट खसेको ढुंगा लागेर बिहीबार स्थानीय मंगल भुजेलका २ वर्षीय छोरा विशाल भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

त्यसै घटनामा क्रममा ढुंगा लागेर स्थानीय ७० वर्षीय बुद्धराम भुजेल र उहाँका नाति सोमे भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया