काठमाण्डाैकाे मातातीर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गयाे

 मंसिर १२, २०७६ बिहिबार २०:२५:२८ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङकाे बबई गाउँपालिका–१, का प्रेम पुन र प्रकाश घर्तीको ज्यान गएको हो । 

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको ज्यान गएको जानकारी दिनुभयो । मृतकहरुको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया