हुण्डीबाट काराेबार गरेकाे अभियाेगमा ३८ लाख रुपैयाँसहित दुई जना पक्राउ

 मंसिर १३, २०७६ शुक्रबार ११:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हुण्डीबाट कारोबार गरेको अभियोगमा ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १८ को नरदेवीमा रहेको अन्जनी ओभरसिजका सञ्चालक ५८ वर्षीय गाेवर्द्धनप्रसाद सरावगी र अर्घाखाँची शितगंगा गाउँपालिका ४ को जोगिनकोटका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन् । 

काठमाण्डौ उपत्यकाभित्र गैरकानुनी रुपमा हुण्डीको कारोबार गरी राजश्व छलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाण्डौको न्यूरोडबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको हो । 

प्रहरीले ३० लाख रुपैयाँसहित कृष्णप्रसादलाई र आठ लाख १२ हजार रुपैयाँ तथा विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेकसहित गोवर्द्धनलाई पक्राउ गरेको हो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया