नेपाली महिला भलिबल टाेली सागको सेमिफाइनलमा

 मंसिर १३, २०७६ शुक्रबार १५:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली महिला भलिबल टाेली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषदकाे कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेकाे हाे भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएकाे हाे ।

प्रतियोगितामा दुवै खेलमा हार बेहोरेको बंगलादेश भने बाहिरिएको छ । समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई तीन-शुन्यको सोझो सेटमा हराएको थियो भने भारतसँग तीन-शून्यले नै पराजित भएको थियो ।

अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया