उपचुनाव: कञ्चनपुरमा खानेपानी मन्त्री मगरकाे मतदान

 मंसिर १४, २०७६ शनिबार ११:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि भैरहेको उपचुनावका क्रममा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गर्नुभएकाे छ ।

मन्त्री मगरले शनिबार कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गर्नुभएको हाे । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि चुनाव भैरहेको छ ।

त्यस्तै नेकपा कास्की-२ की उम्मेदवार विद्या भट्टराईले पनि मतदान गर्नुभएको छ । उहाँले पोखरा–३३ को शान्ति उदय माविमा मतदान गर्नुभएको हो । कास्की–२ मा साझा पार्टीकी उम्मेदवार रजनी केसीले पनि भोट खसाल्नुभएको छ । उहाँले पोखरा ४ गैह्रापाटनमा रहेको नविन माबिमा मतदान गर्नुभएको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया