कास्कीका दुई ठाउँमा बम विस्फोट : रोकिएको मतदान सुरु

 मंसिर १४, २०७६ शनिबार ११:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको नयाँबजार र बागमारामा बम विस्फोट भएको छ । 

पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात माविमा मतदान भैरहेका बेला बम बिस्फोट भएको हो । त्यसैगरी बिहान वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्रनजिकै बम विस्फोट भएको थियो । 

मतदान केन्द्रभन्दा केही पर बम विस्फोट हुँदा केही बेर रोकिएको मतदान कार्य पुन सुरु भएको छ । विस्फोटपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । 

अहिले ३२ मतदानस्थलका ८२ वटै केन्द्रमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया