तस्बिरमा हेर्नुस् उपचुनाव

 मंसिर १४, २०७६ शनिबार १२:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव भैरहेको छ । निर्वाचन आयोगका अनुसार दिउँसो १२ बजेसम्म २४ प्रतिशत मत खसेको छ । 

निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

मतदान चलिरहँदा अशक्त र वृद्धवृद्धालाई ह्विल चियर र रिक्सामा राखेर मतदान केन्द्रसम्म पुर्‍याइएकाे दृश्य देख्न सकिन्छ । 

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।

केही सामान्य घटना बाहेक अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया