अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
लमजुङ - सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ ।
मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो ।
बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएकाे छ ।
जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताउनुभयो ।
सुन्दरबजार नगरपालिका-२ मा ३ वटा मतदान केन्द्र र २ वटा मतदानस्थल रहेका छन भने कुल मतदाता संख्या २ हजार २ सय ९७ रहेकाे छ । वडाध्यक्ष पदका लागि भइरहेको उपचुनावमा ५ जना चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।
यहाँ नेकपा, नेपाली कांग्रेस, राप्रपा, मंगोल अर्गनाइजेसनका साथै स्वतन्त्र उमेद्वार रहेका छन् । स्थानीयहरु उत्साहपूर्वक रुपमा मतदानमा सरिक भएका छन् ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।