दाङ क्षेत्र नम्बर ३(ख) को उपचुनावमा ६७ प्रतिशत मत खस्याे

 मंसिर १४, २०७६ शनिबार १८:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा उपचुनावमा झण्डै ६७ प्रतिशत मत खसेको छ । 

६८ हजार ७ सय १९ जना मतदाता रहेकोमा ४५ हजार ७ सय १८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरे । 

प्रदेश सभा सदस्यको उपचुनावमा १४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

यसअघि प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि यो ठाउँ रिक्त रहेको थियो । वलीकी पत्नी बिमला ओलीले पनि उम्मेदवारी दर्ता गराउनु भएको थियो । 

वडा अध्यक्षका लागि भएको मतदानको मतगणना शनिबार बेलुकाबाट नै जिल्ला अदालतको मेलमिलाप कक्षमा हुदैँछ भने प्रदेश सभा सदस्यको मतगणना आइतबार बिहान ८ बजेबाट सुरु हुने छ ।

अहिले मतपेटीकाहरु गणना स्थल सदरमुकाम ल्याउने काम भैरहेको छ । राति १० बजेसम्म सबै ठाउँहरुबाट मतपेटिका ल्याइसक्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । वडाको मतगणना एक ठाउँमा र प्रदेशकाे दुई समूहमा मतगणना हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया