कांग्रेसले जितेको फिदिम १ मा नेकपा र तत्कालीन एमालेले जितेको हिलिहाङ–७ मा कांग्रेस विजयी

 मंसिर १४, २०७६ आइतबार ५:३६:२५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - शनिबार भएको उपचुनावमा फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ ।

कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार सुबराज थापाले ९ सय ७२ मत पाउनुभयो ।

भट्टराई ४ सय ७४ मत अन्तरले विजयी हुनुभएको हो । यो वडामा नेपाली कांग्रेसबाट निर्वाचित हर्कबहादुर मोत्तानको निधनपछि उपचुनाव भएको हो । 

यसअघिको चुनावमा कांग्रेसले जितेको फिदिम–१ मा नेकपाका उम्मेदवार विजयी हुँदा नेकपाले हिलिहाङ–७ भने गुमाएको छ । हिलिहाङ गाउँपालिका–७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी हुनु भएको छ । इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले पराजित गर्नुभएको हो ।

ल २ हजार ६ सय मतदाता रहेको वडामा शनिबार भएको उपचुनावमा हजार ६ सय ९३ मत खसेको थियो । यो वडामा तत्कालीन नेकपा एमालेकोतर्फबाट निर्वाचित वडाध्यक्ष तिर्थ तिमल्सिनाको निधनपछि उपचुनाव भएको हो । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया