कल्याणपुर– १२ मा नेकपाको जित

 मंसिर १५, २०७६ आइतबार ६:४०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव विजयी हुनुभएको छ  ।

जम्मा ३ हजार ४ सय ५० मतदाता रहेको यो ठाउँमा २ हजार ४ सय ८१ मत खसेको थियो । नेकपाका दिलिपकुमार यादवले ८ सय २५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

राजपा नेपालका उम्मेदवार प्रदिप महतोले ६ सय ५४ मत र नेपाली कांग्रेसका राजकुमार मुखियाले  ६ सय १५ मत प्राप्त गर्नुभएको थियो  ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया