गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा नेकपाका सिञ्जाली विजयी

 मंसिर १५, २०७६ आइतबार ७:१२:५२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – रुरु क्षेत्र गाउँपालिका–६ मा वडाअध्यक्ष पदका लागि सम्पन्न उपचुनावमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उमेदवार गिरीप्रसाद सिञ्जाली विजयी हुनुभएको छ । सिञ्जालीले नेपाली कांग्रेसका उम्मेदवार वेदप्रसाद दर्लामीलाई पराजित गर्नु भएको हो । 

नेकपाको तर्फबाट विजयी बन्नु भएका उमेदवार सिञ्जालीले ८ सय २ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दर्लामीले ७ सय २७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत राजेन्द्र पोखरेलले बताउनु भयो ।

त्यस्तै, स्वतन्त्र उमेदवार मनबहादुर दर्लामीले १ मत प्राप्त गर्नु भएको थियो ।  कुल २ हजार ४८ मतदाता रहेको यो ठाउँमा शनिबार सम्पन्न उपचुनावमा १ हजार ५ सय ४४ मत खसेको  थियो । खसेको मत मध्ये १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

रुरु क्षेत्र गाउँपालिका ६ मा ०७४ को पालिका चुनावमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पूर्णबहादुर रेगामीको निधन भएपछि उपचुनाव गरिएको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया