चक्रपथभित्र आज बिजोर नम्बर प्लेटका गाडी मात्र चल्ने

 मंसिर १५, २०७६ आइतबार ७:५३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटनका कारण आइतबार काठमाण्डौ उपत्यकाको चक्रपथभित्र बिजोर नम्बर प्लेटका यातायातका साधन मात्रै चल्न पाउने भएका छन् ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध व्यक्ति र सञ्चारकर्मी चढेका यातायातका साधनमा भने जोरबिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । यस्तै, सागको समापनको दिन आउँदो २४ गते भने जोर नम्बरका यातायातका साधन मात्र चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । 

सागको अवधिभरि चक्रपथभित्र ठूला मालबाहक गाडी नचलाउन, दशरथ रङ्गशाला वरिपरिको बाटो सकेसम्म प्रयोग नगर्न, तोकिएको ठाउँमा मात्र पार्किङ गर्न र ट्राफिकसम्बन्धी समस्या भए १ सय ३ मा फोन गर्न महाशाखाले आग्रह गरेको छ ।

खेल हेर्न जानेको पार्किङ टुँडिखेल तोकिएको ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यातायातको साधनको जोरबिजोर पछाडीका दुईवटा अकको आधारमा हुने पनि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया