धरानमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा, नेकपा ५७ मतले अगाडि

 मंसिर १५, २०७६ आइतबार ११:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – धरान उपमहानगरपालिकाको प्रमुखका  लागि भएको मतदानको मत गणना भइरहको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपाका प्रकाश राई र नेपाली कांग्रेसका तिलक राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसभन्दा जम्मा ५७ मतले नेकपा अगाडि छ ।

नेकपाका प्रकाश राईले ४ हजार ५ सय ७४ र तिकल राईले ४ हजार ५ सय १७ मत ल्याउनुभएको छ ।

यस्तै, संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान अम्बर इजमको १६४, संघीय समाजवादी पार्टीका गजेन्द्र इस्बोले १४३ र स्वतन्त्र उम्मेदवार हर्कराज राई १५४ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया