खाेटाङमा मध्यरातमा चार वटा एक्स्काभेटरमा आगजानी

 मंसिर १५, २०७६ आइतबार १४:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङमा चार वटा एक्स्काभेटरमा आगजानी भएको छ ।

शनिबार राति मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा कालोपत्रेकाे काम गरिरहेको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको एक्स्काभेटरमा आगजनी भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरीडाँडाको लप्सेखोला र पंखुखोलाबीचमा राखिएका तीन वटा र चखेवाभन्ज्याङबाट २ किलोमिटर भोजपुरतर्फ राखिएको एउटा स्काभेटर जलाइदिएको कम्पनीका प्रतिनिधि आङसाङगे शेर्पाले बताउनुभयो । 

शनिबार राति ९ बजेसम्म काम गरेका कामदार सुतेपछि १२ देखि १ बजेको बीचमा एक्स्काभेटरमा आगजनी भएको जनाइएको छ । पेट्रोल हालेर जलाइएका कारण चार वटै एक्स्काभेटर काम नलाग्ने अवस्थामा पुगेको छ प्रहरीले जनाएकाे छ।

जल्दै गरेको एक्स्काभेटरको ट्यांकी पड्केपछि र आगोको उज्यालो भएपछि स्थानीयले आगजनीका बारेमा जानकारी पाएका थिए । आगजनी कसले गरेको हो भन्ने खुल्न नसकेको र आगजनीमा संलग्नको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया