कास्की २ मा कांग्रेसभन्दा नेकपा दोब्बर मतले अगाडि, कसको कति मत ?

 मंसिर १५, २०७६ आइतबार १३:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ । 

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउनु भएको छ । यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङ ४०८ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भएको छ ।

अहिलेसम्म कसको कति मत ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विद्या भट्टराई – ११७३०
नेपाली कांग्रेस, खेम राज पौडेल – ५८९३    
समाजवादी पार्टी, धर्मराज गुरुङ – ४०८    
राष्ट्रिय प्रजातन्त्र पार्टी, रोमबहादुर भण्डारी – २८२    
साझा पार्टी, रजनी के.सी. – २४१    
मंगोल नेशनल अर्गनाइजेसन‍, रियाज गुरुङ – ७३    
स्वतन्त्र, कमल जङ्ग कुँवर – २८    
स्वतन्त्र, जमुना शर्मा – २५
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), गंगा मल्ल – २३    
नेपाल कम्युनिष्ट पार्टी (माले), टेकनाथ भण्डारी – १६    
राष्ट्रिय जनमुक्ति पार्टी, पूर्णबहादुर राना – १२    
नेपाली कांग्रेस (बी.पी.), चन्द्रबहादुर रानाभाट– १२    
स्वतन्त्र, सुनिलबहादुर कोइराला     –६
स्वतन्त्र, दिपक रेग्मी – ४
स्वतन्त्र नवराज बास्तोला – ४
देशभक्त समाज, वीर बहादुर विश्वकर्मा – ३
स्वतन्त्र, रनबहादुर दमै – ३    
स्वतन्त्र, सुनिल भुसाल – ३    
स्वतन्त्र, लक्ष्मीकुमारी भुजेल – १    
स्वतन्त्र, उमनाथ गौतम – ०
स्वतन्त्र, यज्ञ प्रसाद पंगेनी – ०

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया